×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आर्थिक वर्षमा १० लाख पर्यटन भित्र्याउने सरकारको लक्ष्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

आर्थिक वर्षमा १० लाख पर्यटन भित्र्याउने सरकारको लक्ष्य

Artha Sarokar

१५ जेष्ठ २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा १० लाख पर्यटन भित्र्याउने घोषणा गरेको छ । आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले उक्त कुरा बताएका हुन् । नेपालको संस्कृति तथा सभ्यताको प्रवद्र्धन गर्दै आगामी आर्थिक वर्षमा उक्त संख्यामा पर्यटक भित्र्याउने घोषणा गरेको हो ।

यता सरकारले पर्यटन क्षेत्रको विकासका लागि ९ अर्ब ३८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । यस्तै उद्योग सञ्चालनको लागि सरकारी जग्गा ५० वर्षसम्मका लागि लिजमा दिने घोषणा गरेको छ । सरकारले विदेशीलाई अपार्टमेन्ट बेच्न पाउने व्यवस्था पनि मिलाएको छ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि बजेट बिनियोजन गरेको पनि अर्थमन्त्री शर्माले बताए । सरकारले ७५३ स्थानीय तहमा कृषि विज्ञ र देशभरका सबै वडामा कृषि प्राविधिक नियुक्त गर्ने घोषणा गरेको छ ।

यस्तै प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रमका लागि ५ अर्ब ९० करोड र कृषि सुधारका लागि १० अर्ब रुपैयाँ विनियोजन गरिएको छ । सरकारले किसान परिचयको आधारमा सहुलियत र सुविधाहरु उपलब्ध गराउने भएको छ । यसैगरी आगामी वर्ष रसायनिक मलको व्यवस्थापनका लागि १५ अर्ब बजेट छुट्याएको छ । सरकारले कृषि मन्त्रालयलाई ५५ अर्ब ९७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

 

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी