NABIL AD
Civil Bank

प्रि बजेट माथिको छलफल जेठ ४ र ५ गते हुने

GARIMA BANK AD

काठमाडौँ । विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा ९कर प्रस्ताव बाहेक० माथिको छलफलका लागि यही जेठ ४ र ५ गतेको दिन तोकिएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेका, “आर्थिक वर्ष २०७९/८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा कर प्रस्तावबाहेक माथि छलफल गरियोस्”, भनी प्रस्ताव प्रस्तुत गरे । सभामुख अग्निप्रसाद सापकोटाले सो प्रस्तावउपर छलफल गर्न जेठ ४ र ५ गतेको समय निर्धारण गरेका हुन् ।

बैठकले नेपाली कांग्रेसबाट वि.सं २०४८ र २०५१ को संसदीय निर्वाचनमा कपिलवस्तु जिल्ला क्षेत्र नं ३ बाट निर्वाचित सदस्य विष्णुराज आचार्यको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दै शोक–सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । उनको ७४ वर्षको उमेरमा गत वैशाख १० गते असामयिक निधन भएका थिए । प्रतिनिधिसभाको अर्को बैठक यही जेठ ४ गते भोलि दिउँसो १ बजे बस्नेछ । –रासस

Hamro Parto AD
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

BLUE DIAMOND AD
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal