×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मुलुक आत्मनिर्भरतातर्फ केन्द्रित हुने गरी बजेट विनियोजन हुनुपर्नेमा सांसदहरूको जोड

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

मुलुक आत्मनिर्भरतातर्फ केन्द्रित हुने गरी बजेट विनियोजन हुनुपर्नेमा सांसदहरूको जोड

Artha Sarokar

६ जेष्ठ २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । राष्ट्रियसभा सांसदहरूले आव २०७९/८० को बजेट मुलुक आत्मनिर्भर बनाउनेतर्फ केन्द्रित गर्न सरकारलाई सुझाव दिएका छन् । राष्ट्रियसभाको आजको बैठकमा उनीहरुले मुलुकको कृषि र पर्यटनलागतयका क्षेत्रमा लगानी बढाउने र आत्मनिर्भरतातर्फ केन्द्रित हुने गरी बजेट विनियोजन हुनुपर्नेमा जोड दिएका हुन् ।

नेकपा (एमाले) का सांसद खिमलाल भट्टराईले सरकारसँग सही योजना भएको खण्डमा मात्रै प्रतिपक्ष दल राष्ट्रिय सहमति गर्न तयार रहेको बताए । उनले भने “नागरिकतासम्बन्धी कानुन देशभरि समस्या छ, आमाको नामबाट नागरिकता दिने सवालमा समास्या छ, आजको राजनीतिलाई विकास र समृद्धिमा परिवर्तन गर्नुपर्छ, राजनीतिको कर्मको कारण बालेन्द्र शाहहरू स्थापित हुने अवस्था आएको छ ।”नेकपा (एकीकृत समाजवाद) पार्टीका सांसद डा वेदुराम भुसालले आवश्यकतानुसार आर्थिक, सामाजिक र सांस्कृतिक विकास र सामाजिक रुपान्तरणसँगै मुलुकको विकासतर्फ अभियान सञ्चालन गर्नुपर्ने बताएका छन् ।

जनता समाजवादी पार्टी नेपालका सांसद प्रमिला कुमारीले राज्यका हरेक संरचनामा सीमान्तकृत समुदायको समान सहभागिता हुने गरी कानुन निर्माण गर्नुपर्नेमा जोड दिए । कम्तीमा ६० प्रतिशत बजेट स्थानीय तहमा खर्च हुने गरी बजेट विनियोजन गर्नुपर्ने उनको भनाइ छ । राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले मुलुकमा व्याप्त जातीय भेदभाव तथा छुवाछूत अन्त्य गर्दै संविधानको मर्मअनुरुप दलितमुखी कानुन निर्माण गर्नुपर्ने बताए । आजको बैठकमा आव २०७९/८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) सभामा छलफल हुनेछ । -रासस

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी