×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बाँझो जमिन ‘लिज’मा उपलब्ध गराइने, गुणस्तरीय र नगदेबाली खेती गर्न किसानलाई प्रेरित गरिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

बाँझो जमिन ‘लिज’मा उपलब्ध गराइने, गुणस्तरीय र नगदेबाली खेती गर्न किसानलाई प्रेरित गरिने

Artha Sarokar

१५ जेष्ठ २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

कमाठमाडौँ । सरकारले आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान  बजेट पेश गरेको छ । आज अपराह्न ४ बजेदेखि सुरु भएको सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आगामी अवको बजेट पेश गरेका हुन् ।

बजेटले बाँझो जमिनलाई स्थानीय तहको संयोजनमा कृषि सहकारीलाई ‘लिज’मा उपलब्ध गराउने व्यवस्था उल्लेख छ । कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै बजेटले सबै स्थानीय तहमा स्नातक गरेका कृषि प्राविधिक र सबै वडामा प्राविधिकको व्यवस्था गर्ने जनाइएको छ ।

यसका लागि कृषिमा अध्ययनरत विद्यार्थीलाई सहभागी गराइने छ । गुणस्तर बीउबिजनमा आत्मनिर्भर बनाउने कार्यक्रमसमेत बजेटमा उल्लेख छ ।कुखुरालगायत पशपक्षीको खोप आयातमा सहजीकरण गर्ने व्यवस्था गरिने अर्थमन्त्री शर्माले बताए । कृषि खाद्य प्रविधि र पशुपक्षी रोग प्रयोगशालालाई पूर्वाधारयुक्त, गुणस्तरीय र नगदेबाली खेती गर्न किसानलाई प्रेरित गरिने बजेटमा उल्लेख छ ।

आगामी आवको बजेटमा कृषि, पर्यटन, उद्योग, ऊर्जालगायतका क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी