×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आगामी बजेटमा विमानस्थल पूर्वाधारको बजेट घट्ने, यस्तो छ कारण !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

आगामी बजेटमा विमानस्थल पूर्वाधारको बजेट घट्ने, यस्तो छ कारण !

Artha Sarokar

८ जेष्ठ २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । आगामी बजेटमा विमानस्थल पूर्वाधारको बजेट घट्ने भएको छ । गामी आर्थिक वर्ष २०७९/८० को बजेटमा पर्यटन र त्यसमा पनि विमानस्थल पूर्वाधारतर्फको बजेट घट्ने भएको हो । गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम सम्पन्न भएको र निजगढ विमानस्थलका लागि ठूलो रकम जाने सम्भावना कम भएकोले विमानस्थल पूर्वाधारतर्फको बजेट घट्ने भएको हो ।

मन्त्रालय र प्राधिकरणलाई सिलिङ कम आएको र विमानस्थल पूर्वाधारमा अर्को ठूलो योजनाको तयारी नभएका कारण बजेट कम हुन लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । चालु आर्थिक वर्ष २०७८/७९ मा सरकारले अन्तर्राष्ट्रिय र आन्तरिक विमानस्थलहरुको निर्माण र स्तरोन्नतिका लागि २० अर्ब रुपैयाँ विनियोजन गरेको थियो । आगामी आर्थिक वर्षमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र त्रिभुवन विमानस्थलको स्तरोन्नतिमा बजेट विनियोजन हुने मन्त्रालय स्रोतले जनाएको छ ।

चालु आवमा सुरुमा केपी ओली नेतृत्वको सरकारले बजेट ल्याएको थियो । यसलाई वर्तमान सरकारले प्रतिस्थापन विधेयकमार्फत बजेटमा हेरफेर गरेको थियो । सरकारले अध्यादेशमार्फत ल्याएको बजेटमा त्रिभुवन विमानस्थलको ट्याक्सी वे विस्तार र टर्मिनल भवन बनाउन ६ अर्ब ९५ करोड रकम विनियोजन गरेको थियो । यस्तै आन्तरिक विमानस्थलहरुका लागि १ अर्ब ३३ करोड रुपैयाँ विनियोजन भएको थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी