काठमाडौं । आगामी आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेट सरकारले आज आइतबार संघीय संसदमा प्रस्तुत गर्ने भएको छ । जेठ १५ गते बजेट पेस गर्नुपर्ने संवैधानिक प्रावधानअनुरुप अर्थमन्त्री जनार्दन शर्माले दिउँसो ४ बजे आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न लागेका हुन् । अर्थमन्त्री शर्माले आइतबार नै संसद्मा बजेटसँग आश्रित आर्थिक विधेयक, विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक पनि पेस गर्ने कार्यसूची छ ।
चुनावी वर्ष भएकाले सरकारले सकेसम्म मतदातालाई रिजाउने खातको बजेट तयार पारेको अर्थमन्त्रालयले जनाएको छ । यसैबीच सरकारले वृद्धभत्ता पाउने उमेर ६८ बनाउने तयारी गरेको छ । यसअघिनै प्रधानमन्त्री शेरबहादुर देउवाले वृद्धभत्ता पाउने उमेरलाई ७० वर्षबाट घटाएर ६५ वर्ष बनाउने भनेका थिए । यस्तै निजामती कर्मचारीको तलब वृद्धिमा पनि सामान्य वृद्धि गर्ने तयारी र्थमन्त्रालयको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्