काठमाडौं । राष्ट्रियसभाका सांसदहरुले बजेट समय सान्दर्भिक रहेकाले यसको कार्यान्वयनमा जोड दिएका छन् । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सुरु भएको सैद्धान्तिक छलफलमा सहभागी हुँदै सांसदहरुले पुँजिगत खर्च बढाएर बजेटलाई प्रभावकारी बनाउन आग्रह गरे । नेपाली कांग्रेसका सांसद अनिता देवकोटाले महिला, बालवालिका, ज्येष्ठ नागरिक, अपाङ्गता, कृषि, उत्पादन, रोजगारी, आन्तरिक उत्पादनको क्षेत्रलाई प्राथमिकता साथ बजेटमा समावेश गरिनु सकारात्मक भएको टिप्पणी गर्दै कार्यान्वयनमा सहयोगी भूमिका निर्वाह गर्न सबैलाई आग्रह गरे ।
उनले पूँजीगत खर्च कम भएका कारण पनि आर्थिक विकास हुन नसकेको भन्दै यसलाई बढाउनुपर्नेमा जोड दिएका छन् । नेकपा (एकीकृत समाजवादी) का सांसद मदनकुमारी शाहले समग्रमा बजेट सकारात्मक रहेको भन्दै ठूला परियोजनामा रकम छुट्याउने र खर्च नहुने परिपाटीको अन्त्यका लागि ध्यानाकर्षण गराए । उनले कोभिड–१९ महामारीबाट शिथिल बनेको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि ठोस कार्यक्रम समावेश हुन नसकेको टिप्पणी गरे । नेकपा माओवादी केन्द्रका उदयबहादुर बोहराले बजेट जनभावनाअनुरुप रहेको र कृषि उत्पादन र रोजगारी बढाउनेतर्फ केन्द्रित रहेकाले यसको कार्यान्वयनमा सबैको साथ चाहिने खाँचो औंल्याए ।
सोही दलका सांसद सुरेशआलेमगरले बजेट उत्कृष्ट आएको र यसले कृषि उत्पादन बढाउने, पर्यटनमा छुट दिनेलगायत विषयलाई सम्बोधन गरेको बताएका छन् । माओवादी केन्द्रका सांसद राधेश्याम पासवानले मधेशी, दलित समुदायलाई बजेटले छुन नसकेको टिप्पणी गरे । सांसद डा विमला राई पौड्यालले समग्रमा बजेट राम्रो भएपनि यसको व्यावहारिक कार्यान्वयनमा चुनौति देखिने खतरा औंल्याएका छन् । नेकपा (एमाले) का सांसद भैरवसुन्दर श्रेष्ठले भने, “बजेटमा स्रोतको सुनिश्चितता छैन, पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ, ज्येष्ठ नागरिकले भत्ता पाउने उमेर घटाएर ६८ मा झारिएको छ, तर त्यसको आर्थिक भार कति हुन्छ भन्ने लेखाजोखा गरिएको छैन, त्यसैले बजेट बढी महत्वाकांक्षी भयो कि ?”
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्