×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नागरिक लगानी कोषको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक,कस्तो छ वित्तीय अवस्था ?

काठमाडौं । नागरिक लगानी कोषले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस त्रैमासमा ६१ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन खुद नाफा अघिल्लो वर्षको तुलनामा ४.१४  प्रतिशतले बढी हो । गत वर्ष  कम्पनीले ५९ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीको ब्याज आम्दानी १३ करोड २१ लाख रुपैयाँबाट बढेर १४ करोड ७५ लाख रुपैयाँ पुगेको छ । यस्तै कम्पनीको सेवा शुल्क तथा कमिसन आम्दानी ८६ करोड ३३ लाख रुपैयाँबाट बढेर ८८ करोड २७ लाख रुपैयाँ पुगेको छ । साथै नागरिक लगानी कोषको सेयर पुँजीमा ३ अर्ब २७ करोड रुपैयाँ पुगेको छ । कम्पनीको सेयर प्रिमियम शीर्षकमा १ अर्ब २६ करोड रुपैयाँ रहेको छ ।

यस्तै जगेडा कोष पनि १३ अर्ब २६ करोड रुपैयाँबाट बढेर २० अर्ब ३० करोड रुपैयाँ पुगेको छ र कोषले मुद्दति निक्षेपमा १ खर्ब ७ अर्ब १२ करोड रुपैयाँ राखेको छ भने संगठित संस्थाको सेयरमा १६ अर्ब ६५ करोड रुपैयाँ लगानी गरेको छ ।कम्पनीको नागरिक लगानी कोषको प्रतिसेयर आम्दानी १ रुपैयाँले बढेर वार्षिक २७ रुपैयाँ भएको छ  प्रतिसेयर नेटवर्थ पनि १५६ रुपैयाँबाट बढेर १८६ रुपैयाँ भएको छ ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: