Skip to content
LAXMI SUNRISE BANK

बैंकिङ कसूर मुद्दामा काठमाडौँका डंगोल पक्राउ

अर्थ सरोकार

काठमाडौ। बैंकिङ कसुरको मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ परेका छन् । काठमाडौँको पिंगलास्थानबाट प्रहरीले बैंकिङ कसुरमा ७ दिन कैद र ३६ लाख ७५ हजार रुपैयाँ जरिवाना तोकिएका  काठमाडौँ वडा ८ बस्ने ५० वर्षका राम सुन्दर डंगोललाई पक्राउ गरेको हो।

कैलाश विकास बैंकमा रहेको निजको खाताबाट रकम भुक्तान हुने भनी उक्त बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी जाहेरवालालाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै सम्मानित उच्च अदालत पाटनले बैंकिङ कसूर मुद्दामा २०७९ साल बैशाख ०४ गते फैसला  गरेको थियो। डंगोललाई फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागी परिचालित टोलीले २०७९ साल बैशाख २६ गते पक्राउ गरी फैसला कार्यान्वयनको लागि सम्मानित काठमाडौं जिल्ला अदालतमा पेश गरेको हो।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK