काठमाडौँ। बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। प्रहरीले सो मुद्दामा फरार रहेका टोखा नगरपालिका २ बस्ने २७ वर्षका रामराज खड्कीलाई बैशाख २७ गते मंगलबार पक्राउ गरेको हो।
उच्च अदालत पाटनको २०७८ साल चैत २५ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ३ दिन कैद र १० लाख जरिवाना ठहर भई फरार रहेका उनलाई फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागी परिचालित टोलीले काठमाडौँको मनमैजुबाट पक्राउ गरेको हो। उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी जाहेरवालालाई झुक्यानमा पारी प्रभु बैंकको चेक काटी दिई बैंकिङ् कसूरजन्य अपराध गरेको ठहर भएको थियो । अभियुक्तलाई फैसला कार्यान्वयनका लागि सम्मानित काठमाडौं जिल्ला अदालतमा पेश गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्