×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विकास बैंकहरुले बढाए ब्याजदर, मुद्दती निक्षेपमा साढे १२ प्रतिशतसम्म ब्याज पाइने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

विकास बैंकहरुले बढाए ब्याजदर, मुद्दती निक्षेपमा साढे १२ प्रतिशतसम्म ब्याज पाइने

१ जेष्ठ २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं ।  विकास बैंकहरुले ब्याजदर बढाएका छन् । विकास बैंकहरुले जेठदेखि निक्षेपमा ब्याजदर बढाएका हुन् । विकास बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर बढाएर साढे १२ प्रतिशतसम्म पुर्याएका छन् ।

विकास बैंक एशोसियसनका अनुसार केहि बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर १२ प्रतिशत कायम गरेका हुन् । तर ८ विकास बैंकले भने ब्याजदर १२ प्रतिशतभन्दा माथि पुर्याएका छन् । यस्तै कर्णाली डेभलपमेन्ट बैंकले भने विकास बैंकहरुमा सबैभन्दा कम ११.८ प्रतिशत ब्याजदर कायम गरेको छ।

विकास बैंकहरुमध्ये लुम्बीनी विकास बैंक र नारायणी डेभलपमेन्ट बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर साढे १२ प्रतिशत पुर्याएका छन् भने रेमिट्यान्स खातामा साढे १३ प्रतिशत ब्याज दिने भएका छन् । यसैगरी मितेरी डेभलपमेन्ट बैंक र कर्पोरेट डेभलपमेन्ट बैंकले पनि १२.२५ प्रतिशत ब्याजदर दिने भएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी