×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धौलागिरी लघुवित्तको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, खुद नाफा ४१.६४ प्रतिशतले बढ्दा प्रतिसेयर आम्दानी कति ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

धौलागिरी लघुवित्तको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, खुद नाफा ४१.६४ प्रतिशतले बढ्दा प्रतिसेयर आम्दानी कति ?

१९ बैशाख २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं।  धौलागिरी लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस त्रैमासमा २ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन खुद नाफा अघिल्लो वर्षको तुलनामा ४१.६४ प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पनीले १ करोड ६४ लाख रुपैयाँ रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीको खुद ब्याज आम्दानी २६.१० प्रतिशतले बढेर ७ करोड ६९ लाख पुगेको छ भने सञ्चालन नाफा भने २६.७३ प्रतिशतले घटेर १ करोड ५१ लाख रुपैयाँ कायम भएको छ

यस्तै कम्पनीको चुक्ता पुँजी ७ करोड रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा १० करोड ६८ लाख रहेको छ । कम्पनीको खराब कर्जा भने ३.३८प्रतिशत बाट बढेर ४.९५ प्रतिशतमा पुगेको छ । यस्तै प्रतिसेयर आम्दानी १३ रुपैयाँ ६ पैसाबाट बढेर ४४ रुपैयाँ ४२ पैसा कायम भएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: