Skip to content
LAXMI SUNRISE BANK

सुशासन तथा वित्तिय अनुशासन सम्बन्धि गोष्ठी, खानेपानी मन्त्रीद्वारा उद्घाटन

अर्थ सरोकार

हेटौंडा । खानेपानी मन्त्री उमाकान्त चौधरीले कर्मचारी वर्गमा सुशासन र वित्तिय अनुशासन कायम भए देश विकासमै टेवा पुग्ने बताएका छन् । खानेपानी मन्त्रालयले यहाँ आयोजना गरेको ‘सुशासन तथा वित्तिय अनुशासन’ सम्वन्धी दुई दिने गोष्ठीको शुक्रबार उद्घाटन गर्दै यस्तो बताएका हुन् । उनले स्थायी सरकार भनेकै कर्मचारी वर्ग भएकोले जनताको सेवामा आफ्नो जिम्मेवारी पुरा गर्दै गर्दा वित्तिय अनुशासन कायम भए जनतामा अझ विश्वास र भरोसा बढ्दै जाने बताए ।

दुई दिने गोष्ठीमा मन्त्रालयका सचिव सुरेश आचार्य, विभागका महानिर्देशक सूर्यप्रसाद कँडेल, काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक संजिवविक्रम राणा, मन्त्रालयका सहसचिव ज्ञानप्रसाद ढकाल, अर्का सहसचिब तिरेशप्रसाद खत्री, विभाग तथा मन्त्रालय मातहतका कार्यालयका प्रमुख तथा कर्मचारीहरुको सहभागिता थियो । गोष्ठी शुक्रबार र शनिबार सम्म चलेको थियो ।

 

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK