×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दुलुर्ङ्ग चोकका स्थानियले वडा अध्यक्षलाई बुझाए ७ बूदे ध्यानाकर्षण पत्र

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

दुलुर्ङ्ग चोकका स्थानियले वडा अध्यक्षलाई बुझाए ७ बूदे ध्यानाकर्षण पत्र

Artha Sarokar

१५ जेष्ठ २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

दुलुर्ङ्ग । बारम्बार सड़क दुर्घटना भएका कारण यसको निवारण र जोखिम नहुन दिन दुलुर्ङ्ग चोकका स्थानीयले आज कुस्मा नगरपालिका ७ का वडा अध्यक्ष परशुराम पूरीलाई उनकै कार्य कक्षमा ध्यानाकर्षण गरेका छन। टीकाराम गिरीको नेतत्वको टीमले बुझाएको पत्रमा बारम्बार दुर्घटना जोखिम भएकोले उक्त चोकमा ज़ेब्रा क्रस वा आकासे पुलको आवश्यकता रहेको ,यात्रु हरु अलपत्र भएका कारण प्रतीक्षालय ,नाली सुधार गर्नु पर्ने ,अनावश्यक सामग्रीहरु सडक किनारमा राख्न नहुने माग राखिएको छ। जथाभाबी रुपमा सवारीसाधन चलाइदिने,चालकको लापरबाही,सडकमा जथाभाबी पार्किङ्ग गर्ने,सडकमा सचेतना मूलक ट्राफिक संकेत र सुरक्षाका उपकरण राख्न सक्नु पर्ने माग पनि रहेको गिरीले बताए।

जथाभावि सवारी पार्किङ गर्ने ,सडक अतिक्रमण रोक्नु पर्ने र यसको अनुगमन गर्नु पर्ने साथै सडक सुरक्षाका लागि लिइने पाँच पिलर सडक सुरक्षा व्यवस्थापन, सुरक्षित सडक आवागमन, सुरक्षित सवारी, सुरक्षित सडक प्रयोगकर्ता र दुर्घटना पछिको सेवा समेत कमजोर देखिएकाले दुर्घटना बढ्ने भएकाले बिशेष जोड दिनु पर्ने स्थानीय सचिन्द्र श्रेष्ठको भनाई छ। ध्यानाकर्षण पत्र बुझ्दै वडा अध्यक्ष परशुराम पूरीले छिट्टै नै यसको समाधन गर्ने ,नाली सफा तुरुन्त गर्ने साथै सडक व्यस्थापनलाई मजबूत गर्न ट्राफिक कार्यालयसँग सम्पर्क गर्ने आस्वासन दिए।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी