काठमाडौं । विद्युतीय सामग्री उत्पादन गर्ने उद्योगलाई सहुलियत दिने भएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटबाट विद्युतीय सामग्री उत्पादन गर्ने उद्योगलाई सहुलियत दिने तयारी गरेको हो । नेपालमा एसी, वासिङ मेसिन, पंखा, हिटरलगायतका सामग्री उत्पादन गर्ने उद्योगलाई उद्योगीको आवश्यकता अनुसार कच्चा पदार्थ आयात, विद्युत महसुल, घर भाडा, आयकर लगायतका क्षेत्रमा कसरी छुट दिन सकिन्छ भन्ने विषयमा छलफल भइरहेको अर्थमन्त्रालय जनाएको छ ।
सरकारले सहुलियत नदिँदासम्म उत्पादनमुलक उद्योग स्थापना हुन नसक्ने र स्थापना भएका उद्योगले समेत प्रतिस्पर्धि मूल्यमा सामग्री बिक्री गर्न नसक्ने भएका कारण सहुलियत दिइएको हो । सरकारले आयात प्रतिस्थापन गर्ने सम्भावना भएका अन्य उद्योगलाई समेत बजेटमार्फत् सहुलियत दिने तयारी गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले संसदमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्दान्त र प्राथमिकता पेश गर्दै आयात प्रतिस्थान र निर्यातमुखी उद्योग स्थापनामा जोड दिने बताएका छन् । विधेयकमा निर्यातमुखी र आयात प्रतिस्थान उद्योगलाई सहुलियत दिने गरी बजेट निर्माण गरिने पनि बताएका छन् । सरकारको नीतिले आगामी आर्थिक वर्षमा उद्योग स्थापना हुनुका साथै आन्तरिक उत्पादन बढ्ने र स्वेदशमा रोजगारीका अवसर सिर्जना हुने विश्वास मन्त्रालयले लिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्