×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रोमानियाको स्मिथ एण्ड स्मिथ र इसेवा मनी ट्रान्सफरबीच रेमिट्यान्स भुक्तानी सम्झौता

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

रोमानियाको स्मिथ एण्ड स्मिथ र इसेवा मनी ट्रान्सफरबीच रेमिट्यान्स भुक्तानी सम्झौता

Artha Sarokar

२५ बैशाख २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । संसारका दुईसय बढी मुलुकबाट डिजिटल प्रविधिमार्फत सुलभ दरमा नेपालमा रेमिट्यान्स भित्राउँदै आएको इसेवा मनी ट्रान्सफर र रोमानियाको प्रथम मनी ट्रान्सफर कम्पनी स्मिथ एण्ड स्मिथबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । सम्झौतासँगै, रोमानियामा अध्ययन, काम तथा बसोवास गर्दै आएका नेपालीहरुले नेपालमा आफ्ना आफन्तजन तथा इष्टमित्रलाई, स्मिथ एण्ड स्मिथका रोमानिया भरी रहेका कुनै पनि शाखाबाट सिधै नेपालमा सम्बन्धित व्यक्तिको बैंक खातामा पैसा पठाउन सक्नेछन् ।

साथै देशभरी ५० लाख प्रयोगकर्ताको सञ्जाल रहेको इसेवा वालेटमा समेत तुरुन्तै रकम पठाउन सकिन्छ । यसैगरि रोमानियाको स्मिथ एण्ड स्मिथबाट आएको रेमिट्यान्स नेपालभर रहेका इसेवा मनि ट्रान्सफरका १८ हजार भन्दा धेरै एजेण्ट/नेटवर्कको सञ्जालबाट समेत तुरुन्तै प्राप्त गर्न सकिनेछ । इसेवा वालेटमा रेमिट्यान्स् पठाउँदा अतिरिक्त रु. ७७ बोनस रकम समेत प्राप्त गर्न सकिनेछ । हाल इसेवा मनी ट्रान्सफरको ’रेमिटोत्सव’ योजना चलिरहेको हुनाले स्मिथ एण्ड स्मिथबाट इसेवा मनी ट्रान्सफर मार्फत नेपाल पैसा पठाउँदा दैनिक रु. ५,००० तथा बम्परमा रु. ५०,००० रुपैयाँ समेत जित्न सकिनेछ ।

रेमिट्यान्स् भुक्तानी सम्झौतामा इसेवा मनी ट्रान्सफरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजेस कोइराला र स्मिथ एण्ड स्मिथबाट प्रशासक जर्जेटा पोक्नेजले हस्ताक्षर गर्नुभएको थियो । सम्झौता बारे बोल्दै इसेवा मनी ट्रान्सफरका सि.इ.ओ-अजेस कोइरालाले भन्नुभयो, “रोमानियामा पहिला देखि नै नेपालीहरु अध्ययन, काम र बसोबास गर्दै आएका छन् र यस सम्झौता मार्फत हामी उनीहरुलाई डिजिटल माध्यमबाट नेपाल पैसा पठाउन सहज बनाउन चाहान्छौ । साथै कम सेवा शुल्कमा तुरुन्तै रेमिट्यान्स पठाउन सकिने भएकाले पनि सेवाग्राहीले स्मिथ एण्ड स्मिथ र इसेवा मनी ट्रान्सफरमार्फत नै नेपाल रेमिट्यान्स पठाउने कुरामा हामी विश्वस्त छौ”। स्मिथ एण्ड स्मिथ, सन् १९९९ मा स्थापना भएको रोमानियाकै पहिलो मनी ट्रान्सफर कम्पनी हो भने यसलाई सन् २०११ मा रोमानियाको राष्ट्रिय बैंकले पेमेन्ट इन्स्टिट्युसनको मान्यता प्रदान गरेको थियो । यस कम्पनीले विगत २० वर्ष देखि आफ्ना ग्राहकहरुलाई १०० भन्दा बढी शाखा मार्फत सस्तो र शुलभ दरमा छिटो र भरपर्दो मनी ट्रान्सफर सेवा प्रदान गर्दै आइ रहेको छ । मल्डोभामा समेत आफ्नो सेवा विस्तार गरिसकेको यस कम्पनी सन् २००७ देखि मनिग्राम जस्तो संसारकै अग्रणी मनी ट्रान्सफर सेवा प्रदायकको एजेण्ट समेत रहेको छ ।

इसेवा मनी ट्रान्सफरले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवा वालेट प्रयोगकर्ताहरुको र ६० भन्दा बढी बैक खातामा विपे्रषण रकम भित्राउँदै आएको छ । इसेवा मनि ट्रान्सफरले आफ्ना सेवाग्राहीहरुलाई १८,००० भन्दा बढी एजेण्ट/नेटवर्क मार्फत पनि विपे्रषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ । सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्विकृति प्राप्त इसेवा मनी ट्रान्सफर, देशभरका एक करोड दश लाख भन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी