×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

६.३१ प्रतिशत लाभांश पारित गर्ने विशेष प्रस्तावसहित एभरेष्ट इन्स्योरेन्सले बोलायो वैशाख २१ गते वार्षिक साधारणसभा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

६.३१ प्रतिशत लाभांश पारित गर्ने विशेष प्रस्तावसहित एभरेष्ट इन्स्योरेन्सले बोलायो वैशाख २१ गते वार्षिक साधारणसभा

Artha Sarokar

१८ बैशाख २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीको वार्षिक साधारणसभा हुने भएको छ । कम्पनीको वार्षिक साधारणसभा वैशाख २१ गते बुधबार हुने भएको हो । सभा अग्रवाल भवन, काठमाडौंमा दिउँसो २ बजे हुने भएको छ । सभामा कम्पनीले गत वर्षको नाफाबाट ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव सभामा पेश गर्नेछ ।

साथै निर्जीवन बिमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी सबै अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ । आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेण्डा पनि रहेको छ । आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुने भएको छ ।

त्यस्तै कम्पनीको अधिकृत पुँजी बढाएर ३ अर्ब रुपैयाँ पुर्याउने विशेष प्रस्ताव पनि छ । कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेण्डा पनि रहको छ । सभा प्रयोजनका लागि कम्पनीले वैशाख १२ गते एक दिन बुक क्लोज गरेको छ । तर्सथ वैशाख ११ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउने भएका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी