×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एभरेष्ट इन्स्योरेन्स कम्पनीको तेस्रो त्रैमासमा खुद नाफा बढ्यो, प्रतिसेयर नेटवर्थ १६७ रुपैयाँ ४० पैसा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

एभरेष्ट इन्स्योरेन्स कम्पनीको तेस्रो त्रैमासमा खुद नाफा बढ्यो, प्रतिसेयर नेटवर्थ १६७ रुपैयाँ ४० पैसा

Artha Sarokar

२९ बैशाख २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । कम्पनीले यस त्रैमासमा १० करोड ९४ लाख २५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन खुद नाफा अघिल्लो वर्षको भन्दा २६.२१ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले १४ करोड ८२ लाख ८७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीले यस अवधिमा कुल बिमा शुल्क आर्जन १७.९७ प्रतिशतले बढाएर ९२ करोड ७४ लाख ३३ हजार रुपैयाँ पुर्याएको छ । यस्तै खुद बिमा शुल्क पनि १२.०१ प्रतिशतले बढाएर ४३ करोड ५८ लाख ९४ हजार रुपैयाँ पुर्याएको छ । यता यस अवधिमा बिमा कोषको आकार १६.४६ प्रतिशतले बढाएर ४६ करोड ६८ लाख ७२ हजार रुपैयाँ पुर्याएको छ । कम्पनीको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ३३ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १६७ रुपैयाँ ४० पैसा रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी