×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निर्यातमा नगद अनुदान दिने प्रणाली परिवर्तन गर्ने सरकारको तयारी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

निर्यातमा नगद अनुदान दिने प्रणाली परिवर्तन गर्ने सरकारको तयारी

Artha Sarokar

१० जेष्ठ २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सरकारले निर्यातमा अनुदान दिने प्रणाली परिवर्तन गर्ने तयारी गरेको छ । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमार्फत् निर्यातमा नगद अनुदान दिने व्यवस्था परिवर्तन गर्न लागिएको हो । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले बढी मूल्यवृद्धि हुने उत्पादनमा बढी रकम नगद अनुदान दिने व्यवस्था गर्न लागेको बताएको छ ।

निर्यातमा अनुदान प्रदान गर्ने सम्बन्धी कार्यविधि २०७५ अनुसार स्वदेशी कच्चा पदार्थ प्रयोग हुने १५ वस्तुमा निर्यात मूल्यको ५ प्रतिशत नगद अनुदान दिने व्यवस्था गरिएको छ । स्वदेशी तथा आयात गरेका कच्चा पदार्थबाट उत्पादन हुने १२ वस्तु निर्यात गर्दा ३ प्रतिशत नगद अनुदान दिने व्यवस्था कार्यविधिले गरेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी