काठमाडौँ । नक्कली तथा झुट्टा मूल्य अभिवृद्धि कर विजक खरिद गरी वित्तीय विवरण तथा आयकर विवरण तयार गरी राजश्व छली गरेको अभियोगमा निरज ट्रेडर्स एण्ड सप्लायर्सका सञ्चालकहरु विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको छ ।
विभागका अनुसार चितवनको भरतपुर महानगरपालिका–३ मा व्यवसाय गर्ने पर्साको वीरगञ्ज महानगरपालिका–१० का श्रीराम ठाकुर र जटाशङ्कर जैसवाल विरुद्ध यही जेठ ५ गते मुद्दा दायर गरिएको भए पनि आज जानकारी दिइएको हो ।
विभागले मूल्य अभिवृद्धिकरतर्फ रु. दुई करोड ४१ लाख ३५ हजार ९४१ र आयकरतर्फको रु. पाँच करोड ५७ लाख १६ हजार ६१२ बराबरको बिगो दाबी गरेको छ । विभागले बिगो र जरिवानासहित रु. १५ करोड ९७ लाख पाँच हजार १०६ बराबरको मागदावी गर्दै मुद्दा दायर गरेको छ । –रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्