×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

किसानलाई सबल बनाउने खालको कार्यक्रम ल्याउनमा जोड, बाँझो जमीनको उपयोगमा ध्यान दिन सरकारलाई सुझाव

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

किसानलाई सबल बनाउने खालको कार्यक्रम ल्याउनमा जोड, बाँझो जमीनको उपयोगमा ध्यान दिन सरकारलाई सुझाव

Artha Sarokar

६ जेष्ठ २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सबै स्थानीय तहमा किसानलाई सबल बनाउने खालको कार्यक्रम ल्याउन जरुरी रहेकामा सांसदहरूले जोड दिए । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकको प्राथमिकता र सिद्धान्तका बारेमा आफ्नो धारणा राख्दै सांसदहरूले किसानका उत्पादनलाई बजारीकरण गर्न, भूउपयोग नीति अगाडि बढाउन र बाँझो जमीनको उपयोगमा ध्यान दिन सरकारलाई सुझाव दिएका छन् ।

स्वास्थ्य र शिक्षालाई अलि बढी ध्यान दिन जरुरी रहेको भन्दै उहाँहरुले शिक्षामा सामुदायिक शिक्षालाई बजेटले सम्बोधन गर्नुपर्ने, दुर्गममा पनि अस्पताल सञ्चालन गनुपर्नेमा जोड दिए । आगामी बजेटले तय गरेका विषय ठीक भए पनि कार्यान्वयन जरुरी रहेको स्पष्ट पार्दै उहाँहरुले उत्पादन बढाउनका लागि मल, बीउ र सिँचाइको राम्रो प्रबन्ध गर्नुपर्ने धारणा राखेका छन् ।

त्यस्तै केही सांसदले मुलुकको अर्थतन्त्र सङ्कटग्रस्त अवस्थामा रहेको भन्दै त्यसलाई विशेष ध्यान दिनुपर्ने बताएका छन् । श्रीलङ्का सङ्कटबाट नेपाल सरकारले सिक्नुपर्नेमा जोड दिँदै उहाँहरुले समस्याको समाधानका लागि तत्काल पहल गर्नुपर्ने बताए । सरकारी निकायलाई कुनै पनि प्रकारको हस्तक्षेप नगरी काम गर्ने वातावरण बनाउनुपर्ने र लगानीमैत्री नीति बनाउनुपर्ने उहाँहरुको तर्क छ ।

सांसद नवराज सिलवाल, दिव्यमणि राजभण्डारी, रेनुका गुरुङ, मनकुमारी जिसी, सत्यनारायण खनाल, राजेन्द्र केसी, नारायणप्रसाद खतिवडा, बहादुरसिंह लामा, लालप्रसाद सावा लिम्बू र प्रकाश रसाइली स्नेहीलगायतले विनियोजन विधेयकको प्राथमिकता र सिद्धान्तका बारेमा आफ्ना सुझाव दिएका छन् । प्रतिनिधिसभाको अर्को बैठक जेठ ६ गते शुक्रबार दिनको १ बजे बस्नेछ । -रासस

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी