काठमाडौं। फरवार्ड माइक्रोफाइनान्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस त्रैमासमा ७० करोड ९१ लाख २८ हजार रुपैयाँ आर्जन गरेको छ। जुन खुद नाफा आघिल्लो बर्षको तुलनामा ९६.१३ प्रतिशतले बढी हो। अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले ३६ करोड १५ लाख ५४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यस्तै कम्पनीको खुद ब्याज आम्दानी ३०.२९ प्रतिशतले बढेर १ अर्ब ११ करोड १५ लाख ७४ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा ८४.६३ प्रतिशतले बढेर १ अर्ब ४ करोड ९० लाख १३ हजार रुपैयाँ पुगेको छ । कम्पनीको खराब कर्जा ०.९३ प्रतिशतले घटेर १.८६ प्रतिशतमा पुगेको छ । यस्तै कम्पनीको प्रतिसेयर आम्दानी ३४ रुपैयाँ ९० पैसाले बढेर १११ रुपैयाँ ९७ पैसा र प्रतिसेयर नेटवर्थ ३०५ रुपैयाँ २२ पैसा पुगेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्