×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गणपति लघुवित्त वित्तीय संस्थाद्धारा तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, ४८.३५ प्रतिशतले घट्यो खुद नाफा

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

गणपति लघुवित्त वित्तीय संस्थाद्धारा तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, ४८.३५ प्रतिशतले घट्यो खुद नाफा

२२ बैशाख २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वानिक गरेको छ । कम्पनीले यस त्रैमासमा १ करोड ३१ लाख ५१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन खुद नाफा अघिल्लो वर्षको तुलनामा ४८.३५ प्रतिशतले कम हो । अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले २ करोड ५४ लाख ६४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यता सञ्चालन नाफा ६८.५४ प्रतिशतले घटेर ६८ लाख ३९ हजार रुपैयाँ प्गेको छ भने खुद ब्याज आम्दानी पनि २.६२ प्रतिशतले घटेर ९ करोड २२ लाख २६ हजार रुपैयाँ पुगेको छ । कम्पनीको आइपुग्दा प्रतिसेयर आम्दानी ११ रुपैयाँ ५७ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १२८ रुपैयाँ रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: