×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल जाने वायुसेवालाई सवा दुई लाखसम्म छुट दिने प्राधिकरणको तयारी

PRIME CA

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल जाने वायुसेवालाई सवा दुई लाखसम्म छुट दिने प्राधिकरणको तयारी

१ जेष्ठ २०७९, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । गौतम बुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल जाने वायुसेवालाई विशेष छुट दिने भएको छ । जीबीआईएको व्यवसायिक संचालन सफल बनाउनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवा कम्पनीहरुलाई विभिन्न किसिमका सहुलियतहरु दिने भएको हो ।

प्राधिकरणले आफ्नो सेवा जीबीआईएमा पनि थाल्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुलाई ल्याण्डिङ, पार्किङ, सेक्युरिटी, उड्डयन सहायता सेवा लगायतमा शतप्रतिशत सहुलियत दिने भएको हो ।

यस्तो सहुलियत एक वर्षसम्मका लागि दिने गरी पर्यटन मन्त्रालयलाई क्यानले प्रस्तावसमेत बुझाएको छ । यो प्रस्ताव स्विकृत भएसँगै प्राधिकरणले हालै संशोधन गरेको विमानस्थल सेवा शुल्क नियमावली लागू हुने मितिदेखि योजना कार्यन्वयनमा ल्याउने भएको छ । एउटा वायुसेवालाई हरेक उडानमा सवा दुई लाखसम्म छुट दिने भएको हो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: