काठमाडौँ । कुवेतको अग्रणी एयरलाइन जजीरा एयरवेजले मध्य–पुर्व, एसिया र युरोपमा पनि आफ्नो उडान सेवा विस्तार गरेको छ । जजीराले भैरहवास्थित नव–निर्मित गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट आफ्नो उडान सेवाको शुरुवात गरेको हो । यसबाट मध्य–पुर्व र युरोप बसोबास गर्ने ठुलो समुदाय नेपालको दक्षिण–पश्चिम क्षेत्रमा प्रत्यक्ष रुपमा जोडिन सक्नेछन् । यो नेपालमा जजीराको दोश्रो उडान सेवा हो जसले नेपालको तराई क्षेत्रमा बढ्दै गईरहेको यात्रुहरुको आवश्यकतालाई सम्बोधन गरेको छ । गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलमा गत जेष्ठ १ गतेबाट उडान सेवा शुरु भएको थियो ।
नयाँँ हवाइ रुटको बारेमा बोल्दै जजीरा एयरवेजका भाईस प्रेजिडेन्ट रविन्द्रन भाराथनले भने, “जजीरा एयरवेजले निरन्तर आफ्नो सञ्जाल विस्तार गर्दै नयाँँ–नयाँँ गन्तव्यहरु थप्दै गईरहेको छ । यसले गर्दा कुवेत र मध्य–पुर्वको डाइरेक्ट रुट (प्रत्यक्ष धावन मार्ग) ले सेवा दिन नसकेका यात्रुहरुलाई प्रत्यक्ष लाभ पुग्नेछ । अब नेपाली एवं विदेशी पर्यटकहरुलाई पनि विदेशबाट सिधै तराई जान धेरै सजिलो भएको छ । यो हवाइ सेवाले गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा प्रत्यक्ष उडान सेवा प्रदान गर्नेछ ।
आरआर ग्रुप अफ कम्पनिजको भगीनी संस्था सोसाइटी इन्टरन्यासनल ट्राभल सर्भिसेजका चेयरम्यान रवीचन्द्र सिंहले भने, “७४ वर्षसम्म काठमाडौँमा मात्र भर परेको अन्तराष्ट्रिय उडान अब यो हवाइ सेवाको विस्तारसँगै नेपालको पश्चिम भागमा ठुलो परिवर्तन ल्याउनेछ, साथै यसले भैरहवाको आन्तरिक पर्यटनमा पनि टेवा पुर्याउने । जसले समग्र नेपालकै आर्थिक बिकासमा सरोकार राख्छ । यो हामी सम्पूर्ण नेपालीको लागि ऐतिहासिक र गौरवपूर्ण क्षण हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्