पोखरा । पर्यटकीय क्षेत्र म्याग्दी घोरपानीका महिला होटल व्यवसायी पर्यटक लिएर आउने ‘गाइड र पोर्टर’हरूलाई निःशुल्क कोठा र खाना दिनुपर्ने बाध्यताले व्यवसायमा चुनौती थपिँदै गएको बताउँछन् । उनीहरू यस्तो बाध्यताले व्यवसायमा समस्या थपिँदै गएको दुःखेसो पोख्छन् । “हिजो केही व्यवसायीले पर्यटक ल्याउँछन् भन्दै निःशुल्क खान बस्ने दिए आज त्यो ‘कल्चर’ले हामीलाई समस्यामा पार्दै लगेको छ”, घोरेपानी होटल व्यवसायी सङ्घका अध्यक्ष मीना पुनले भने । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रवद्र्धनमा पोखराका महिला पर्यटन व्यवसायी (ओटेफ)ले म्याग्दी घोरेपानीका होटल व्यवसायी महिलासँग गरेको क्षमता विकास एवं अन्तक्रिया कार्यक्रममा उनले मौसमअनुसार हुने व्यवसायमा अनगिन्ती समस्या रहेको जनाउँदै विदेशी पर्यटकले समेत ‘फ्रि’मा कोठा माग्ने गरेको थुप्रै अनुभव सुनाए । उनले भने, “म २० वर्ष युके बसेर आएँ, त्यहाँ प्रत्येक कुरामा पैसा तिर्नुपर्छ, तर उनीहरू नै नेपालमा हेपाहा प्रवृत्ति लिएर आउँछन् ।”
पर्यटकका यस्ता व्यवहारबाट घोरेपानी क्षेत्रका धेरै व्यवसायी पीडित भएको कतिपय अवस्थामा विदेशी पर्यटकसँग विवाद पनि गर्नुपरेको अनुभव पुनले सुनाए । उनले पहिलोचोटी व्यवसायीका समस्यामा केन्द्रित महिलाको क्षमता विकास लक्ष्य गरेर घोरेपानीमा कार्यक्रम भएकोमा खुसीसमेत व्यक्त गरे । उनले भने, “आजसम्म कोही आएर हाम्रा समस्याबारे सोधेनन् तर बाहिर बाहिर घोरेपानीमा खाना बस्न निकै महङ्गो छ भन्ने हल्ला मात्र फिँजाए । आज बल्ल खुलेर आफ्ना कुरा राख्न पाइएको छ ।” अर्का होटल व्यवसायी महिला जुली ठकुरी पुनले घोरेपानीलाई पर्यटकको एक उत्कृष्ट गन्तव्य बनाउन आफूहरूले प्रदान गर्ने होटलका सेवा–सुविधामा निकै ध्यान दिएको बताए । उनले सहज यातायात नहुने पदमार्ग क्षेत्र भएकाले अधिकांश सामान भरिया र खच्चडबाट ल्याउनुपर्ने र ढुवानी खर्च निकै महङ्गो भए पनि त्यसको तुलनामा आफूहरूले निकै सस्तोमा खाना बस्ने व्यवस्थाको प्रबन्ध गरेको जानकारी दिए । उनले रु. ६०० देखि ८५० सम्मको खाना, सुविधा हेरेर रु. ३०० देखि रु. दुइ हजारभित्रका कोठालाई महङ्गो भन्न नमिल्ने बताए । उनले आन्तरिक पर्यटक र विद्यार्थीलाई भने सहुलियत दिने गरेको बताए ।
उक्त क्षेत्रका सहभागी अन्य व्यवसायी महिला विष्णु पुन, ललिता पुन, सपना गुरुङ, मन्चुरी पुन, देउती पुनलगायतले पछिल्लो समय व्यवसाय सञ्चालनमा निकै कठिनाइ आइरहेको र लैङ्गिक हिसाबले पनि महिला व्यवसायीलाई हेप्ने गरेको, एक्लै व्यवसाय सञ्चालन गरेका महिलाप्रति नकारात्मक दृष्टिकोण राख्ने गरेको केही अनुभवसमेत सुनाए । ओटेफका अध्यक्ष पार्वती पाण्डेले सुगम र दुर्गम क्षेत्रमा महिला व्यवसायीका समस्या कतिपय साझा रहेको जनाउँदै महिला सशक्तीकरण लागि हातेमालो गरेर अघि बढ्न आवश्यक रहेको औँल्याए । उनले यस क्षेत्रका व्यवसायी एक भएर अघि बढ्न सके देखिएका समस्या छिट्टै समाधान हुने विश्वास व्यक्त गरे । संस्थाका सल्लाहकार दुर्गा ढकालले व्यवसाय र व्यवसायी महिलाले भोगेका समस्यालाई नजिकबाट बुझ्ने अवसर मिलेको जनाउँदै आगामी दिन पर्यटनमैत्री व्यवसायमा जोड दिएर यस क्षेत्रलाई उत्कृष्ट गन्तव्य बनाउन सहकार्य र समन्वयमा जोड दिनुपर्ने बताए । कार्यक्रम सहभागी ओटेफका सदस्यहरूले घोरेपानी पुनहिल जाने पर्यटकलाई आवश्यक सूचना साथै पदयात्रा सामग्री बिक्री वितरण गर्दै आए पनि आज स्थलगतरूपमा घोरेपानी पुगेर त्यस क्षेत्रको अवलोकन गर्दा थप ज्ञान हासिल गर्न सफल भएको र आगामी दिन पर्यटकलाई यस क्षेत्रका बारेमा सही सूचना दिन सकिने तथा धारणा राखेका थिए । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्