×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्लोबल आइएमई समुन्नत योजना–१ को न्याभ घट्यो, कस्तो छ वित्तीय अवस्था ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

ग्लोबल आइएमई समुन्नत योजना–१ को न्याभ घट्यो, कस्तो छ वित्तीय अवस्था ?

१५ जेष्ठ २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । ग्लोबल आइएमई समुन्नत योजना–१ को प्रतिइकाई खुद सम्पति मूल्य ( न्याभ ) घटेको छ । ग्लोबल आइएमई समुन्नत योजना–१ को चैत मसान्तमा ११ रुपैयाँ ७४ पैसा रहेको न्याभ वैशाखसम्म आइपुग्दा ३७ पैसाले घटेर ११ रुपैयाँ ३७ पैसा कायम भएको छ । सूचीकृत सेयरमा लगानी भने ३ करोड ६७ लाख ९५ हजार ३९९ रुपैयाँले घटेर ९८ करोड ५८ लाख रुपैयाँ कायम भएको छ । अघिल्लो महिना यसको १ अर्ब २ करोड २६ लाख रुपैयाँको सेयर लगानी रहेको थियो ।

समुन्नत योजनाको बैंक मौज्दात पनि १ करोड ५१ लाख रुपैयाँबाट घटेर ९३ लाख ८४ हजार रुपैयाँ कायम भएको छ ।कम्पनीले कुल ९६ लाख ९२ हजार २६४ कित्ता सेयर होल्ड गरेको छ । बैशाख मसान्तसम्म यो फन्ड २ करोड १० लाख रुपैयाँ नाफामा रहेको छ । अघिल्लो महिना यसको कुल नाफा ५ करोड ८७ लाख रुपैयाँ थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: