×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुन आयातमा भारी वृद्धि, १० महिनामा ३५ अर्ब ७७ करोडको सुन आयात

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सुन आयातमा भारी वृद्धि, १० महिनामा ३५ अर्ब ७७ करोडको सुन आयात

Artha Sarokar

८ जेष्ठ २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सुन आयातमा भारी वृद्धि देखिएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको १० महिनाको अवधिमा ३५ अर्ब ७७ करोड मूल्य बराबरको ४ हजार ६३१ किलो सुन आयात भएको हो । जुन अघिल्लो वर्षको यसै अवधिको तुलनामा ५२.५१ प्रतिशतले बढी हो । अघिल्लो वर्ष यसै अवधिमा नेपालमा २१ अर्ब २० करोड मूल्य बराबरको ३ हजार ३ किलो सुन भित्रिएको थियो ।

गत २१ चैतमा नेपाल राष्ट्र बैंकले सुन लगायतका वस्तुको एलसी खोल्न रोकेको थियो । तरपनि वैशाख दोस्रो साता वाणिज्य मन्त्रालयले राजपत्रमा सूचना निकालेर आयातमा कडाइ गर्ने वस्तुको सूची सार्वजनिक गरे पछि सुनको एलसी खुल्न थालेको थियो । हाल वाणिज्य बैंकमार्फत सरकारले दैनिक १० किलो सुन आयातको कोटा तोकेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी