×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दुई दिने सार्वजनिक विदा दिने निर्णय प्रभावकारी भएन, फिर्ता लिने सरकारको तयारी !

PRIME CA
GLOBAL IME BANK

दुई दिने सार्वजनिक विदा दिने निर्णय प्रभावकारी भएन, फिर्ता लिने सरकारको तयारी !

६ जेष्ठ २०७९, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सरकारले दुई दिन सार्वजनिक विदा दिने निर्णय फिर्ता लिने तयारी गरेको छ । दुई दिने सार्वजनिक विदा दिने निर्णय प्रभावकारी नभएको, अव्यवहारिक रहेको र हितमा नरहेको कारण फिर्ता लिने तयारी गरेको हो ।

सरकारले इन्धन खपत घटाउन सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । सर्वसाधारण बिदाको दिन झन् धेरै घुम्न निस्किने हुँदा इन्धन खपत उस्तै हुने देखिएको छ । साथै सरकारी सवारी साधनहरुको दुरुपयोग हुने समेत देखिएको छ । जसलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले शनिबार र आइतबार तथा अन्य सार्वजनिक बिदाका दिन सरकारी सवारी साधन गुडाउन रोक लगाउने निर्णय नै गरेको छ ।

यस्तै सरकारी निकाय, स्थानीय तह तथा निजी क्षेत्रले समेत २ दिन बिदा दिने सरकारको निर्णय कार्यान्वयन गर्न नसक्ने भनिरहेका छन् । उनीहरुले साबिककै अवधिमा कार्यालय तथा नियमित गतिविधि जारी राख्न आफू मातहतमा निर्देशन जारी गरिसकेका छन् । त्यसो गर्नेमा भक्तपुर नगरपालिका, त्रिभुवन विश्वविद्यालय, सरकारी अस्पताल, त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल, प्याब्सन आदि हुन् ।

सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने र शुक्रबार पुरै दिन काम गर्ने भनेको थियो । त्यसँगै कार्यालय समय बिहान ९ः३० बजेदेखि साँझ ५ः३० बजेसम्म निर्धारण गरेको थियो । तर अधिकांश सरकारी कार्यालयहरुमा कर्मचारीहरु १० बजे आसपास मात्रै पुग्ने र साँझ ५ नबज्दै घर हिड्ने गरेको आरोप लागिरहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: