×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘तरलताको समस्या तत्काल समाधान हुँदैन ! अर्थतन्त्र सकारात्मक छैन, सजग बन्नुपर्छ’ : गभर्नर अधिकारी

PRIME CA
GLOBAL IME BANK

‘तरलताको समस्या तत्काल समाधान हुँदैन ! अर्थतन्त्र सकारात्मक छैन, सजग बन्नुपर्छ’ : गभर्नर अधिकारी

८ जेष्ठ २०७९, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सोधान्तरको स्थिति तत्काल सुधार हुने अवस्था नदेखिएको कारण तरलताको समस्या तत्काल समाधान नहुने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको आर्थिक स्थायित्वका लागि महासंघको पहल विषयक अन्तर्क्रिया कार्यक्रममा गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।

गभर्नर अधिकारीले अर्थतन्त्रका सूचक नकारात्मक भएकोले तरलताको समस्या तत्काल समाधान नहुने स्थिति देखिएको बताएका हुन् । यस्तै विश्व कोरोना महामारीपछि मुद्रास्फिति बढेको र आयातमा आधारित अर्थतन्त्र भएको पनि बताए ।

उनले ब्याज बढ्दैमा निक्षेप बढ्दैन भन्ने कुरा ठिक भएपनि कुनै वस्तुको उपभोग कम गर्नका लागि पनि रेट बढाउन आवश्यक रहेको बताए । साथै वर्तमान अर्थतन्त्र सकारात्मक नभएकाले सबै सजग बन्नु पर्नेमा गभर्नर अधिकारीले जोड दिएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: