×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गुराँस लाइफ इन्स्योरेन्सको वित्तीय विवरण सार्वजनिक, प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ ७ पैसा

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

गुराँस लाइफ इन्स्योरेन्सको वित्तीय विवरण सार्वजनिक, प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ ७ पैसा

१ जेष्ठ २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले तेस्रो त्रैमासमा १३ करोड १६ लाख ४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन खुद नाफा अघिल्लो वर्षको तुलानामा २६.१९ प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पनीले १० करोड ४२ लाख ९३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीको जीवन बिमा कोषको आकार १९.२२ प्रतिशतले बढेर १२ अर्ब ६ करोड ३९ लाख ६५ हजार रुपैयाँ पुगेको छ । यस्तै कम्पनीको खुद बिमा शुल्क  भने २१.९९ प्रतिशतले घटेर २ अर्ब ३५ करोड ४९ लाख ७३ हजार रुपैयाँमा सीमित भएको छ । कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ४२ पैसा र प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ ७ पैसा रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: