×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गुराँस लघुवित्तको खुद नाफा घट्यो, अन्य सुचकहरुको अवस्था कस्तो ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

गुराँस लघुवित्तको खुद नाफा घट्यो, अन्य सुचकहरुको अवस्था कस्तो ?

२१ बैशाख २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं : गुराँस लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।कम्पनीले यस अवधिमा १ करोड ५ लाख १३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन खुद नाफा अघिल्लो वर्षको तुलनामा  ४७.९३ प्रतिशतले कम हो। अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले २ करोड १ लाख ८९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

यस्तै कम्पनीको खुद ब्याज आम्दानी १०.१७ प्रतिशतले घटेर ४ करोड ८३ लाख १३ हजार रुपैयाँमा पुगेको छ र सञ्चालन नाफा पनि ४६.४५  प्रतिशतले घटेर १ करोड ६५ लाख २१ हजार रुपैयाँमा पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ३८ पैसा र प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ७ पैसा रहेको छ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: