×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गोर्खाज फाइनान्सको साधारण सभा जेठ २७ गते हुने, यस्ता छन् पारित हुने मुख्य एजेण्डाहरु

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

गोर्खाज फाइनान्सको साधारण सभा जेठ २७ गते हुने, यस्ता छन् पारित हुने मुख्य एजेण्डाहरु

३ जेष्ठ २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । गोर्खाज फाइनान्सको वार्षिक साधारण सभा हुने भएको छ । कम्पनीको साधारण सभा जेठ २७ गते हुने भएको हो । सभा अनुपम फुडल्यान्ड एण्ड ब्यांक्वेट, बानेश्वर काठमाडौंमा बिहान ११ः३० बजे सुरु हुनेछ । कम्पनीको वैशाख २६ गते बसेको सञ्चालक समिति बैठकले यस्तो निर्णय गरेको हो ।

कम्पनीले यसपटक पनि लगानीकर्तालाई लाभांश भने वितरण नगर्ने भएको छ । साधारण सभा प्रयोजनका लागि गोर्खाजले जेठ १२ गतेबाट जेठ २७ गतेसम्म बुक क्लोज गर्दैछ । जेठ ११ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन सक्नेछन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: