जलेश्वर । गए राति महोत्तरी जिल्लाको विभिन्न पालिकामा आएको हावाहुरीका कारण विद्यालय, पोल्ट्री फार्म तथा घरमा १४ लाख बढीको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार हावाहुरीका कारण जिल्लाको मनरासिस्वा नगरपालिका–२ स्थित कुलदीप निमाविको पूरै छाना उडाउँदा रु. चार लाखको क्षति भएको हो ।
त्यस्तै सोही नगरपालिकाको वडा नं ३ मा स्थानीय शम्भु यादवले सञ्चालन गरेको पोल्ट्री फार्मको छानो उडाउँदा रु. तीन लाख ५० हजारको क्षति भएको छ । हावाहुरीले जिल्लाको महोत्तरी गाउँपालिका–२ बस्ने सत्यनारायण मण्डलको खपराको घर पूरै लडाउँदा रु. पाँच लाख, सुकेश्वर मण्डलको बाँस र खपराले छाएको घर लडाउँदा रु. ६० हजार र रामाज्ञा मण्डलको बाँस र खपराले छाएको घर लडाउँदा रु. ९५ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
यसरी हावाहुरीले महोत्तरीको विभिन्न पालिकामा गए राति रु. १४ लाख पाँच हजार बराबरको क्षति पुर्याएको प्रहरीले जनाएको छ । –रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्