×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयन हाइड्रोपावर कम्पनीको ९ लाख कित्ता आइपीओमा कति पर्यो आवेदन ? जेठ १६ गतेसम्म भर्न पाईने !

PRIME CA

हिमालयन हाइड्रोपावर कम्पनीको ९ लाख कित्ता आइपीओमा कति पर्यो आवेदन ? जेठ १६ गतेसम्म भर्न पाईने !

१० जेष्ठ २०७९, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । हिमालयन हाइड्रोपावरको आईपीओमा १ करोड २६ लाख रुपैयाँ बराबरको आवेदन परेको छ । कम्पनीको आईपीओमा जेठ ९ गतेसम्ममा १ करोड २६ लाख रुपैयाँ बराबरको आवेदन परेको हो ।१३१ वटा आवेदनमार्फत १ करोड २६ लाख ६७ हजार ६०० रुपैयाँ बराबरको १ लाख २६ हजार ६७६ कित्ता आवेदन परेको कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । जुन स्थानीय बासिन्दाबाट माग भएको सेयरको १४.०८ प्रतिशत मात्र हो ।

कम्पनीको आईपीओमा जेठ १६ गतेसम्म आवेदन दिन सकिने भएको छ । कम्पनीले बैशाख २५ गतेदेखि आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाका स्थानीय बासिन्दाहरुका लागि आईपीओ निष्कासन गरेको थियो । सो आईपीओमा आवेदन दिने म्याद छिटोमा जेठ ८ गतेसम्म रहेकोमा उक्त समयमा सबै सेयर खरीदका लागि आवेदन नपरेपछि कम्पनीले म्याद थप गरेको हो । लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा एक लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

रेटिङ एजेन्सी इक्रा नेपालले हिमालयन हाइड्रोपावरको आइपीओलाई ‘इक्राएनपी इस्यूअर रेटिङ बी प्लस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

स्थानीय बासिन्दाले ग्लोबल आइएमई बैंकको लेखनाथ र न्यूरोड शाखा कास्की, माछापुच्छ्रे बैंकको मादी शाखा कस्कीबाट आवेदन दिन सक्नेछन् । यस्तै मुक्तिनाथ विकास बैंकको काहुँखोला, अमरसिंह, बढीबजार शाखा कस्की र गरिमा विकास बैंकको सभागृह, महेन्द्रपुल, बाटुलेचौर, बिरौटा, तल्लो गगनगौंडा, बुद्धचोक, तालचोक र हेम्जा शाखा कास्कीबाट आवेदन दिनसक्ने कम्पनीले जनाएको छ । साथै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी-आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्ने भएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: