×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दुर्गमको स्वास्थ्य चौकीलाई चौध लाखभन्दा बढी मूल्यको औषधि र उपकरण सहयोग

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

दुर्गमको स्वास्थ्य चौकीलाई चौध लाखभन्दा बढी मूल्यको औषधि र उपकरण सहयोग

Artha Sarokar

२१ बैशाख २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

म्याग्दी । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाको स्वास्थ्य चौकीलाई रु. चौध लाखभन्दा बढी मूल्य बराबरको औषधि र उपकरण प्राप्त भएको छ । दक्षिण कोरियाको द नानुम पल्स र मुगुङ्वा वेलफेयर वल्र्डले गुर्जा स्वास्थ्य चौकीलाई रु. चौध लाख ८४ हजार ४०० मूल्य बराबरको औषधि र उपकरण सहयोग गरेका हुन् । एक थान अक्सिजन कन्सनट्रेटर, इएनटी मेडिसिन, फोरकेप सेट र औषधि उपलब्ध गराइएको हो ।

संस्थाका प्रतिनिधि लिमजङ हि र छोमजङ हिले वडाध्यक्ष झकबहादुर छन्त्याललाई सामग्री र औषधि हस्तान्तरण गरेका थिए । यसैगरी संस्थाले मङ्गलबार वडा कार्यालयसँग समन्वय गरेर आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट २०० जना लाभान्वित भएका छन् । चिकित्सक लोकेन्द्र छन्त्याल, गुर्जा स्वास्थ्यचौकीका सागर रोका, सुस्मिता छन्त्याल, रिमा शर्मालगायत स्वास्थ्यकर्मी र कर्मचारीले सेवा दिएका थिए । शिविरमा स्वास्थ्य परीक्षण, परामर्श र निःशुल्क औषधि वितरण गरिएका थिए ।

ज्येष्ठ नागरिकमा स्वासप्रश्वास र निमोनियासम्बन्धी समस्या धेरै देखिएकाले सोबाट बच्ने उपाय र उपाचारका विषयमा जानकारी गराएको चिकित्सक छन्त्यालले बताए। भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित गुर्जाका बासिन्दालाई गाउँमै स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन शिविर आयोजना गरिएको वडाध्यक्ष छन्त्यालले बताए । सडक यातायातको सुविधा नपुगेको गुर्जा पुग्न छिमेकी वडा लुलाङबाटै पूरै एक दिन हिँड्नुपर्छ । – रासस

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी