काठमाडौं । अपर सोलु हाइड्रोको आइपीओ भर्ने म्याद लम्बिएको छ । आयोजना प्रभावित स्थानीय बासिन्दालाई आइपीओ बिक्री खुला गरेको जलविद्युतको आइपीओमा अब जेठ २० गतेसम्म आवेदन दिन सकिने भएको छ । कम्पनीले वैशाख २२ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि १३ लाख ५० हजार कित्ता आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको हालको सोलु दुधकुण्ड नगरपालिका अर्थात् साविकको टाकसेन्दु, बेनी, तामाखानी, सल्लेरी, गार्मा, केरुङ्ग, गोराखानी, टाप्टिङ्ग र तिङ्ला गाविसका स्थानीयलाई आइपीओ जारी गरेको हो ।
स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्ने भएका छन् । आयोजना प्रभावितहरुलाई निष्कासन गरेको सबै सेयर बिक्री नभएको खण्डमा भने बाँकी रहेको सेयर संख्यामा सर्वसाधारणलाई थप गरी निष्कासन गरिने भएको छ ।
रेटिङ एजेन्सी इक्र नेपालले अपर सोलु हाइड्रोको आइपीओलाई ‘इक्राएनपी इस्यूअर रेटिङ डबल बी प्लस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । स्थानीय बासिन्दाले एनएमबि बैंक, लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकको सोलुखुम्बु शाखाबाट आवेदन दिन सक्ने भएका छन् । साथै सी-आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट पनि आवेदन दिन सक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्