×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

श्वेत गंगा हाइड्रोपावरले आयोजना प्रभावितका लागि १५ लाख ९३ कित्ता आइपीओ बिक्री गर्ने, जेठ २३ गतेदेखि आवेदन दिन सकिने

PRIME CA
GLOBAL IME BANK

श्वेत गंगा हाइड्रोपावरले आयोजना प्रभावितका लागि १५ लाख ९३ कित्ता आइपीओ बिक्री गर्ने, जेठ २३ गतेदेखि आवेदन दिन सकिने

१५ जेष्ठ २०७९, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । श्वेत गंगा हाइड्रोपावरले आइपीओ बिक्री गर्ने भएको छ । कम्पनीले जेठ २३ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरुलाई आइपीओ बिक्री गर्ने भएको हो । कम्पनीले स्थानीयलाई जारी पुँजीको १० प्रतिशत अर्थात १५ लाख ९३ कित्ता सेयर निष्कासन गर्न लागेको हो । जसमध्ये आयोजनाको संरचना रहेको रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकाको वडा नं २,३ र ४ तथा ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिकाको वडा नं ४, ५, ६, ७, ८ र ९ लाई जम्मा निष्कासन गरिने सेयरको ७० प्रतिशत हुने ११ लाख १५ हजार १ सय कित्ता छुट्याएको छ ।

साथै आयोजनाको प्रसारण लाइन पर्ने रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँ पालिकाको वडा नं ५, ६ र ८ र मन्थली नगरपालिकको वडा नं ११ र १२ र १३ तथा रामेछाप नगरपालिकको वडा नं १ र ३ लाई जम्मा निष्कासन गरिने सेयरको २५ प्रतिशत अर्थात् ३ लाख ९८ हजार २५० कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

त्यस्तै रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकाको वडा नं १ र ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिकाको वडा नं। १, २ र ३ लाख ५ प्रतिशत अर्थात ७९ हजार ६५० कित्ता सेयर निष्कासन गर्न लागेको हो । स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्ने छन् । आयोजना प्रभावितहरुलाई निष्कासन गरेको सबै सेयर बिक्री नभएमा बाँकी रहेको सेयर सर्वसाधारणलाई थप गरी निष्कासन गरिने कम्पनीले जानकारी गराएको छ । छिटोमा असार ६ गतेसम्म र ढीलोमा असार २१ गतेसम्म आवेदन दिन सकिने भएको छ ।

स्थानीय बासिन्दाले नेपाल एसबिआई बैंकको यसम शाखा, सांग्रिला डेभलपमेन्ट बैंकको मन्थली शाखा, श्वेत गंगा हाइड्रोपावरको आयोजनास्थाल लिखु तामाकोशी गाउँपालिका वडा नं २ र आयोजनास्थल लिखु तामाकोशी गाउँपालिका वडा नं ४ रामेछापबाट पनि आइपीओ भर्न सकिन्छ । साथै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी-आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्ने भएका छन् । रेटिङ एजेन्सी कियर नेपालले श्वेत गंगाको आइपीओलाई ‘कियर एनपी डबल बी’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । यो आइपीओमा सानिमा क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: