काठमाडौँ । मंगलबार काठमाडौंमा सुरु भएको नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको पहिलो राष्ट्रिय सम्मेलनमा बोल्दै महालेखापरिक्षक शर्माले लेखा व्यवसायीहरुको काम निरीक्षण गर्ने नभई परिक्षण गर्ने मात्र रहेको बताएका छन् । लेखा व्यवसायीहरुलाई लेखा व्यवसाय गरेकै कारण मतियार भन्दै मुद्धा चलाउने काम भएको तर्फ इंकित गर्दै उनले यस्तो बताएका हुन् ।
साथै उनले मुलुकमा पछिल्लो समय आर्थिक सुशासन हुन नसक्नुमा राष्ट्र सेवकदेखि राजनीतिक व्यक्तित्व र व्यवसायीहरु समेत दोषी रहेको बताएका छन् । उनले सरकारले गरेका कामको विषय वा गल्ती कमजोरी थाहा पाए पनि कार्यान्वय गर्न नसकिएको बताउंदै मुलुकमा आर्थिक अनुशासन नहुनु, जनताले सुशासनको प्रत्याभूति हुन नसक्नु, भष्ट्रचार बढ्नु, अनियमिता हुनु कुनै एक क्षेत्र मात्रै दोषी नभए समग्र क्षेत्र दोषी रहेको जिकिर गरेका छन् ।
नेपाली समाजले अहिले विकास निर्माण, शिक्षा, स्वाथ्य , रोजगारी, राज्य वा सरकारले आफ्नो शासकिय भूमिका पूर्ण रुपमा निवार्ह गरी पारदर्शिता, जवाफदेहिता, भष्ट्रचारमुक्त र मुद्राको सार्थकता खोजेको महालेखापरिक्षक शर्माको भनाई छ । उनले नेपाली लेखा परिक्षक अन्तराष्ट्रिय लेखा व्यवसायीहरुले पत्याउन योग्य बन्नु पर्ने आवश्यकता रहेकोबारेसमेत ध्यानाकर्षण गर्दै सुधारको काम गर्न चाहे हुने भन्दै यो वर्षको स्थानीय तहको निर्वाचनमा निर्वाचन आयोगसँग समन्वय स्थानीय तहका कुनै पनि व्यक्तिले उम्मेद्वार हुदाँ सरकारी राजश्व बाँकी, बेरुजु भए तिर्नुपर्ने आचार संहिता बनाउँदा देशैभरबाट धेरै पैसा उठेको तर्क गरे । आइक्यानले गरेको सो सम्मेलन २१ गतेपनि चल्नेछ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्