काठमाडौँ । एनआईसी एशिया क्यापिटल र पशुपति इन्भाईरोमेन्टल पावर कम्पनी तथा पशुपति इन्भाईरोमेन्टल इन्जिनियरिङ्ग पावर कम्पनी बीच क्यापिटलको IDEA to IPO सेवा उपलब्ध गराउने सम्बन्धी तीन पक्षिय सम्झौता सम्पन्न । एनआईसी एशिया क्यापिटलले “IDEA to IPO” सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापनादेखि IPO जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराइरहेको छ।
सोही सेवा अन्तर्गत पशुपति इन्भाईरोमेन्टल पावर कम्पनी (प्रा.लि.) र पशुपति इन्भाईरोमेन्टल इन्जिनियरिङ्ग पावर कम्पनी (प्रा.लि.) लाई संस्थागत परामर्श सेवा अन्तर्गत दुवै कम्पनीलाई एक आपसमा मर्जर गरी उक्त कम्पनीलाई पब्लिक कम्पनीमा परिणत गरी IPO जारी गर्ने चरणमा पुर्याई निकट भविष्यमा सर्वसाधारणहरुमा (सामूहिक लगानी कोष तथा कर्मचारीहरु सहित) जारी गर्नुपर्ने साधारण सेयरको सार्वजनिक निष्कासन गर्ने गरी तीन पक्षिय सम्झौता सम्पन्न भएको हो । क्यापिटलले “IDEA to IPO” सेवा अन्तर्गत कुनै पनि कम्पनीलाई तत्तकाल IPO जारी गर्न नसक्ने अवस्था देखिएमा त्यस्ता कम्पनीहरुको IPO जारी गर्दा पुरा गर्नुपर्ने सम्पूर्ण कानुनी प्रकृया तथा तयार गर्नुपर्ने सम्पूर्ण कागजातको सम्बन्धमा आवश्यक परामर्श तथा मार्गदर्शन दिई यथासिघ्र IPO जारी गर्न योग्य कम्पनी बनाउन महत्वपूर्ण योगदान प्रदान गर्दै आइरहेको छ ।
साथै उक्त IDEA to IPO सेवा सम्बन्धी थप जानकारीको लागि मर्चेण्ट बैंकिङ प्रमुख, दामोदर रायमाझी मोवाईल नं. ९८५११८४९७९ वा इमेल ठेगाना [email protected] मा सोझै सम्पर्क गर्न सकिनेछ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्