काठमाडौं। आइएमई जनरल इन्सुरेन्सको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले यस त्रैमासमा १६ करोड ८१ लाख ५ हजर रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन खुद नाफा गत वर्षको तुलनामा १०.८४ प्रतिशतले कम हो । कम्पनीको खुद बिमा शुल्क आम्दानी १.८१ प्रतिशतले बढेको छ भने लगानी तथा अन्य आम्दानी ३२.८९ प्रतिशतले घटेर ७ करोड २२ लाख रुपैयाँमा पुगेको छ।
यस्तै कम्पनीको चुक्ता पुँजी १ करोड ७० लाख रुपैयाँ पुगेको छ । कम्पनीको रिजर्भ कोष र बिमा कोषमा पनि सुधार भएको छ । यस्तै कम्पनीको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ३६ पैसा रहेको छ ।