काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले बिक्री गरेको लिलामी सेयर मंगलबार (जेठ ३ गते) बाँडफाँट भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको ८८ हजार ९ सय ३४ कित्ता र संस्थापक समूहको २ हजार २६१ कित्ता सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको थियो । सोही लिलामी सेयर बाँडफाँट गरिएको हो ।
जसमा न्यूनतम ४ सय ६५ रुपैयाँ र संस्थापक समूहमा न्यूनतम १ सय ५१ रुपैयाँ (कट अफ प्राइस) कबोल गरेर बोलपत्र पेश गर्ने आवेदकले सेयर पाएका छन् । यता, आवेदकले लिलामी बाँडफाँटमा नपरेको सेयर वापतको पैसा बिहीबार (जेठ ५ गते) देखि फिर्ता पाउने बिक्री प्रबन्धकले जनाएको छ ।