×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आयातमा रेकर्ड ब्रेक ! १० महिनामा १६ खर्ब ४ अर्ब बराबरको वस्तु आयात, निर्यात पनि ५९.८ प्रतिशतले बढ्यो

PRIME CA
GLOBAL IME BANK

आयातमा रेकर्ड ब्रेक ! १० महिनामा १६ खर्ब ४ अर्ब बराबरको वस्तु आयात, निर्यात पनि ५९.८ प्रतिशतले बढ्यो

८ जेष्ठ २०७९, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपालले आयातमा रेकर्ड ब्रेक गरेको छ । आर्थिक वर्षको १० महिनाको अवधिमै हालसम्मकै उच्च आयात गरी रेकर्ड ब्रेक गरेको हो । गत वर्ष १५ खर्ब ३९ अर्ब रकम बराबरको वस्तु आयात गरेको थियो । यता चालु आर्थिक वर्षको १० महिनाको अवधिमा नेपालले १६ खर्ब ४ अर्ब ६५ करोड रुपैयाँ आयात गरेको छ । गत वर्षको तुलनामा नेपालको आयात २७.९५ प्रतिशतले बढी हो ।

यता नेपालले १० महिनाको अवधिमा निर्यातमा पनि रेकर्ड ब्रेक गरेको छ । १० महिनाको अवधिमा १ खर्ब ७३ अर्बको निर्यात गरेको हो । गत वर्षको तुलनामा नेपालको निर्यात ५९.८ प्रतिशतले बढी हो । यसैगरी नेपालले गत वर्षको तुलनामा २४.०९ प्रतिशतले व्यापारघाटा व्यहोरेको छ ।

नेपाल राष्ट्र उच्च आयात भएको भन्दै ४७ वटा वस्तुको आयातमा प्रतिपत्र (एलसी) को व्यवस्था गरेको छ । सो व्यवस्था गरेपनि आयातमा भने कुनै कमी देखिँदैन । अर्थमन्त्री जनार्दन शर्माले संसदमा बोल्दै १० महिनाको अवधिमा १६ खर्ब बढीको वस्तु आयात भएको बताएका हुन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: