डोटी । जिल्लाका विभिन्न जङ्गलमा यतिबेला काफल पाकेर राताम्मे भएका छन् । कुनै बेला स्थानीय नागरिकले मात्रै खाने तथा बाँकी रहेका काफल बाँदरले खाने गरेको भए पनि अहिले भने नागरिकले टिपेर धमाधम बिक्री गर्न थालेका छन् । यहाँका जङ्गलमा पाकेका काफल टिपेर स्थानीयवासीले बिक्री वितरणका लागि यहाँका राजमार्ग तथा बजारमा ल्याउन थालेका छन् । काफल टिपेर बिक्री गर्न थालेपछि यहाँका नागरिकको आम्दानीको गतिलो स्रोत बन्दै गएको छ । यतिमात्र नभई यहाँको एकमात्र प्रमुख पहाडी राजमार्ग भीमदत्त राजमार्गका विभिन्न सडकखण्डमा अहिले काफल बिक्री गर्नेहरूको ठूलो लाम लागेको देखिन्छ । उनीहरुले आफूले जङ्गलबाट टिपेर ल्याएका काफल एक किलोको रु. २०० सम्म लिने गरेको भीमदत्त राजमार्गअन्तर्गत पर्ने गैरा बजारका मोहनबहादुर मल्लले बताए ।
कोरोना महामारीका कारण गएको दुई वर्षदेखि काफल टिप्न, खान र बिक्री वितरण गर्न नपाएका यहाँ नागरिक अहिले भने आफ्नो खेतीपतीको काम छाडेर भए पनि जङ्गलमा काफल टिप्ने तथा बिक्री वितरण गर्ने गरेको बुडर बजारका अर्का स्थानीय भक्तबहादुर लामाले बताए । यहाँका प्रायः सबै वन यतिबेला काफल पाकेर रातै देखिएका छन् । स्वादिष्ट फल काफल अहिले यहाँका स्कुले बालबालिकाका लागि पनि आम्दानीको राम्रो स्रोत बन्दै गएको स्थानीयवासी बताउँछन् । निम्न आयस्रोत भएका बालबालिकाले जङ्गलबाट काफल टिपेर ल्याउने र बिक्री गरी स्कुल खर्चको जोहो गर्न थालेको सहजपुर बजारमा काफल बिक्री गर्ने स्कुले बालक रमेश विकले बताए । उनले भने, “स्कुलमा बिदा भएको छ, अब भर्ना गर्नुपर्छ पैसा छैन, यही काफल बिक्री गरेर स्कुल भर्ना गर्छौँ ।”
जिल्लाका राजमार्ग, प्रमुख व्यापारी केन्द्र दिपायल, सिलगढी, गैरा, बुडर, सहजपुर, धारापानी, मेलखोलालगायतका ठाउँमा अहिले काफल बेच्ने थुप्रै भेटिन्छन् । काफल पाक्न सुरु भएसँगै यहाँका राजमार्गलगायतका अन्य गाउँका बजारमा काफलको व्यापार बढ्न थालेको बडिकेदार गाउँपालिका–१ बिपीनगरका स्थानीयवासी रामसिंह देउवाले बताए । उनका अनुसार अहिले यहाँका वन जङ्गलबाट काफल टिपेर ल्याई बजार तथा राजमार्गमा वृद्ध महिलादेखि स्कुले बालबालिका डालोमा काफल राखेर गिलासले नाप्दै प्रतिगिलास रु. १५ देखि २० तथा किलोको रु. २०० सम्ममा बिक्री गर्दै आएका छन् । बालबालिकाले काफल बिक्री गर्दै आफ्नो पढाइ खर्च जुटाउने गरेका छन् । काफलबाट राम्रै आम्दानी हुन थालेपछि यहाँका अधिकांश बालबालिका अहिले काफल टिपेर बिक्री गर्नतिर लागेको अर्का स्थानीय रमेश बोगटीले जानकारी दिए । यस वर्ष डोटीमा असिनापानी नपरेकाले जङ्गलमा काफल निकै भएको स्थानीय बताउँछन् ।
यस वर्ष काफल पनि निकै स्वादिलो र रसिलो भएको स्थानीयवासी बताउँछन् । सबैभन्दा महत्वपूर्ण कुरा त अहिले यहाँका स्कुले बालबालिकाले काफल टिपेर आफ्नो कापी किताबलगायतका अन्य सामग्री किन्ने गरेको अभिभावक बताउँछन् । अहिले डोटीसहित समग्र सुदूरपश्चिम क्षेत्रका पहाडी जिल्लामा काफल निकै फलेको स्थानीयवासी बताउँछन् । दिउँसो काफल टिपेर दोस्रो दिन बिहानैदेखि यहाँका जिल्ला सदरमुकामलगायत राजमार्ग र सडक क्षेउमा काफल बिक्री गर्न आउनेको भीड बढेको भीमदत्त राजमार्गअन्तर्गत सहजपुर बजारकी स्थानीय हीरादेवी बोगटीले बताए ।
पर्याप्त मात्रामा काफल फलेको र ग्राहक पनि प्रायः यात्रु भएकाले बिक्री वितरणमा कुनै समस्या नभएको उनको भनाइ छ । अहिले उक्त राजमार्गमा यात्रा गर्ने प्राय सबैले काफल किनेर लैजाने गरेका छन् । यतिमात्र नभई यहाँका पहाडी जिल्लामा उत्पादन गरिएका काफल बिक्री वितरणका लागि कैलालीका धनगढी तथा अत्तरिया बजारसम्म पुग्ने गरेका छन् । पहाडमा रु. २०० किलो पर्ने काफल कैलालीका बजारमा लगिएपछि त्यसको दोब्बरसम्म मूल्य पर्ने परेको कैलालीको अत्तरियाका स्थानीयवासी दिनेशबहादुर मल्लले बताए । –रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्