×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

खुल्यो अपर सोलु हाइड्रो कम्पनीको आइपीओ, सोलुखुम्बुका बासिन्दाहरुले जेठ २० गतेसम्म आवेदन दिन सक्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

खुल्यो अपर सोलु हाइड्रो कम्पनीको आइपीओ, सोलुखुम्बुका बासिन्दाहरुले जेठ २० गतेसम्म आवेदन दिन सक्ने

Artha Sarokar

२२ बैशाख २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । अपर सोलु हाइड्रोले आज बिहिबार वैशाख २२ गतेदेखि आइपीओ बिक्रीमा ल्याएको छ । कम्पनीले वैशाख २२ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि १३ लाख ५० हजार कित्ता आइपीओ बिक्रीमा ल्याएको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको हालको सोलु दुधकुण्ड नगरपालिका अर्थात् साविकको टाकसेन्दु, बेनी, तामाखानी, सल्लेरी, गार्मा, केरुङ्ग, गोराखानी, टाप्टिङ्ग र तिङ्ला गाविसका स्थानीयलाई आइपीओ जारी गरेको हो ।

स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्ने भएका छन् । आयोजना प्रभावितहरुलाई निष्कासन गरेको सबै सेयर बिक्री नभएको खण्डमा भने कम्पनीले बाँकी रहेको सेयर सर्वसाधारणलाई थप गरी निष्कासन गर्ने भएको छ । उक्त आइपीओमा छिटोमा जेठ ५ गतेसम्म र ढीलोमा जेठ २० गतेसम्म आवेदन दिन सक्ने भएका छन् ।

रेटिङ एजेन्सी इक्र नेपालले अपर सोलु हाइड्रोको आइपीओलाई ‘इक्राएनपी इस्यूअर रेटिङ डबल बी प्लस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । कम्पनीको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

स्थानीय बासिन्दाले उक्त आइपीओमा एनएमबि बैंक, लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकको सोलुखुम्बु शाखाबाट आवेदन दिन सक्ने भएका छन् । साथै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी