Skip to content
LAXMI SUNRISE BANK

जाल्पा सामुदायिक लघुवित्तको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, खुद नाफा ३७.२५ प्रतिशतले बढ्यो

अर्थ सरोकार

काठमाडौं। जाल्पा सामुदायिक लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले यस त्रैमासमा ८ करोड ६४ लाख २९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन खुद नाफा अघिल्लो वर्षको तुलनामा ३७.२५ प्रतिशतले बढी हो ।

कम्पनीको खुद ब्याज आम्दानी ५७.४३ प्रतिशतले र सञ्चालन नाफा ९१.९४ प्रतिशतले बढेको छ। यस्तै कम्पनीको निक्षेप सञ्कलन र कर्जा लगानीमा पनि सुधार भएको छ । कम्पनीको रिजर्भ कोषमा ४४.९३ प्रतिशतले वृद्धि हुँदा ३८ करोड ६० लाख रुपैयाँ जम्मा भएको छ । यस्तै कम्पनीको प्रतिसेयर आम्दानी ७२ रुपैयाँ २ पैसा र प्रतिसेयर नेटवर्थ ३४१ रुपैयाँ २८ पैसा रहेको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK