×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जाल्पा सामुदायिक लघुवित्तको साधारण सभा जेठ २८ गते हुने, यस्ता छन् पारित हुने मुख्य एजेण्डाहरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

जाल्पा सामुदायिक लघुवित्तको साधारण सभा जेठ २८ गते हुने, यस्ता छन् पारित हुने मुख्य एजेण्डाहरु

Artha Sarokar

५ जेष्ठ २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं ।  जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थको वार्षिक साधारण सभा हुने भएको छ । साधारण सभा जेठ २८ गते हुने भएको हो। सभा अम्रपाली कटेज, सुक्खानगर रुपन्देहीमा बिहान ११ बजे सुरु हूनेछ । सभामा कम्पनीले अन्य वित्तीय संस्थाहरुसँग गाभ्ने–गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पेश गर्नेछ । सञ्चालक समितिमा सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालको निर्वाचन गर्ने एजेण्डा पनि रहेको छ । यस्तै, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभामा पेश गरिदैैछ ।

आर्थिक वर्ष २०७७–७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । यस्तै ,आर्थिक वर्ष २०७८–७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेण्डा पनि राखिएको छ । सभाका लागि कम्पनीले जेठ १२ गतेदेखि २८ गतेसम्म बुक क्लोज हुने भएको छ । कम्पनीले माघ २१ गतेबाट २५ गतेसम्म ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आइपीओ जारी गरेको थियो । यसमध्ये ८ हजार कित्ता कर्मचारीहरुका लागि र २६ हजार १ सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो । सर्वसाधारणले बाँकी ४ लाख ८७ हजार ९सय कित्ताका लागि आवेदन दिएका हुन् । जेठ ११ गतेसम्म कायम लगानीकर्ताले सभामा भाग लिन सक्नेछन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी