Skip to content
LAXMI SUNRISE BANK

जीवन विकास लघुवित्तको वित्तीय विवरण सार्वजनिक, खुद नाफा २.४२ प्रतिशतले बढ्यो

अर्थ सरोकार

काठमाडौं । जीवन विकास लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले यस त्रैमासमा ५७ करोड ७५ लाख ९८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। जुन खुद नाफा अघिल्लो वर्षको तुलनामा २.४२ प्रतिशतले बढी हो । अघिल्लो वर्षको कम्पनीले ५६ करोड ३९ लाख ३९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस्तै कम्पनीको खुद ब्याज आम्दानी २०.३८ प्रतिशतले बढेर १ अर्ब २० करोड ६९ लाख ५९ हजार रुपैयाँ पुगेको छ र सञ्चालन नाफा पनि १०५.७६ प्रतिशतले बढेर ६० करोड २६ लाख ९६ हजार रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ७४ रुपैयाँ ४६ पैसा र प्रतिसेयर नेटवर्थ २४७ रुपैयाँ ८९ पैसा रहेको छ । खराब कर्जा भने ०.२३ प्रतिशतले बढेर ०.८३ प्रतिशतमा पुगेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK