×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तेस्रो त्रैमासमा ज्योति लाइफ इन्स्योरेन्सको खुद नाफामा ७०.९९% को छलाङ, अन्य सूचकमा पनि आकर्षक प्रगति

PRIME CA
GLOBAL IME BANK

तेस्रो त्रैमासमा ज्योति लाइफ इन्स्योरेन्सको खुद नाफामा ७०.९९% को छलाङ, अन्य सूचकमा पनि आकर्षक प्रगति

२५ बैशाख २०७९, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस त्रैमासमा २० करोड ६५ लाख ९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन नाफा अघिल्लो वर्षको तुलनामा ७०.९९ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले १२ करोड ७ लाख ७१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस्तै कम्पनीको जीवन बिमा कोषको आकार पनि ६१.९१ प्रतिशतले बढेर ५ अर्ब ६६ करोड १८ लाख २७ हजार रुपैयाँ पुगेको छ । कम्पनीले खुद बिमा शुल्क आर्जन पनि १२.७९ प्रतिशतले बढाएर २ अर्ब ४९ करोड ३८ लाख ६७ हजार रुपैयाँ पुर्याएको छ । यस्तै प्रतिसेयर आम्दानी ४ रुपैयाँ ०६ पैसाले बढेर वार्षिक ११ रुपैयाँ ३८ पैसा पुगेको कम्पनीको प्रतिसेयर नेटवर्थ १२७ रुपैयाा ०९ पैसा रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: