×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पत्रकार ठाकुर बेलबासे राष्ट्रिय पत्रकारिता पुरस्कार-२०७८ द्धारा सम्मानित

GLOBAL IME BANK
SHREE KESH

पत्रकार ठाकुर बेलबासे राष्ट्रिय पत्रकारिता पुरस्कार-२०७८ द्धारा सम्मानित

२५ बैशाख २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सरकारले पत्रकार एवं कवि ठाकुर बेलवासे राष्ट्रिय पत्रकारिता पुरस्कार-२०७८ द्धारा सम्मानित भएका छन् । साढे दुई दशकदेखि पत्रकारितामा रहेका बेलवासेलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले १ लाख राशि सहितको पुरस्कार प्रदान गरेको हो ।

२०५४ सालदेखि पत्रकारिता सुरु गरेका बेलवासेले कौटिल्य सप्ताहिक ,रेडियो नागरिक र रेडियो अन्नपूर्ण नेपाल लगायत आधा दर्जन सञ्चारमाध्यममा सम्पादक भएर काम गरिसकेका छन् । बेलवासे रेडियो र टेलिभिजन पत्रकारितामा लोकप्रिय पात्र हुन् ।

उनीसँग दर्जनभन्दा बढी सञ्चारमाध्यममा काम गरेको अनुभव भएका बेलवासे अहिले एपी वान टेलिभिजनमा आबद्ध छन् । नेपाली सहित्यमा पनि उत्तिकै चासो राख्ने कवि बेलवासेका चार कृति प्रकाशित छन् । उनको ‘त्रासमा ईश्वर’ कृतिले २०६९ सालको साझा पुरस्कार प्राप्त गरेको थियो । उनी दर्जन बढी पुरस्कार तथा सम्मान प्राप्त गरेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: